तेह्रथुम : तेह्रथुम लालिगुरास नगरपालिका-१ भुल्केबाट प्रहरीले तिन थान भरुवा बन्दुक सहित तिन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तेह्रथुम लालिगुरास नगरपालिका-१ भुल्के ३५ वर्षीय मनोज गुरुङ, ३४ वर्षीय प्रेम गुरुङ र ३६ वर्षीय राम बहादुर गुरुङ रहेका छन् ।

शुक्रवार दिउसो सँवा १ बजे प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बन्दुक बोकेर हिँडिरहेको अवस्थामा फेला पारेको थियो ।

प्रहरीलाई देख्न साथ भाग्न खोजेका उनीहरूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय वसन्तपुरबाट थप अनुसन्धान भइरहेको छ ।