झापा : झापामा एक पुरुषको शव फेला परेको छ ।

झापाको अर्जुनधारा नगरपालिका–१ स्थित विरिङ खोलामा एक पुरुषको शव फेला परेको हो । साधुटार–होक्से सडक खण्ड अन्तर्गत पर्ने खोलामा अन्दाजी ४०, ४५ वर्षको पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय अनारमनिले जनाएको छ । ती पुरुषको शरीरको माथिल्लो भागमा नाङ्गो अवस्थामा फेला परेका छन् ।

पेन्ट मात्र लगाएको अवस्थामा खोलामा भेटिएको प्रहरीको भनाई छ । इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सन्तोष आचार्यका अनुसार शवको पहिचान हुन सकेको छैन ।

आज बिहान साढे ६ बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।