झापा : झापाको अर्जुनधारा नगरपालिका–१ स्थित विरिङ खोलामा भेटिएको पुरुषको शवको पहिचान खुलेको छ ।

उक्त शव झापाको अर्जुनधारा नगरपालिका–३ का ४० वर्षीय राजकुमार खनालको रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख तथा प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिएका छन् ।

खनाल शुक्रवार राति ८ बजेपछि घरबाट हराएको प्रारम्भिक जानकारी आएको प्रहरी उपरीक्षक भट्टराइले बताए । घटनाबारे थप अनुसन्धान जारी रहेको झापा प्रहरीले जनाएको छ ।