विराटनगर : धरानमा ७१ जना सहित प्रदेश १ मा आज २२७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

सुनसरीमा १०७, मोरङमा ७८, झापामा २८, धनकुटा र उदयपुरमा ३–३, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ७ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ७१, इटहरीमा २७, रामधुनी र दुहबीमा ३–३, बराहक्षेत्र, इनरुवा र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा ४१, पथरीशनिश्चरे र केराबारीमा १३–१३, मिक्लाजुङ र रतुवामाईमा ३–३, सुनबर्षीमा २, धनपालथान, बेलबारी र सुन्दरहरैचामा १–१, झापाको दमकमा ९, भद्रपुरमा ८, हाल्दिबारी, मेचीनगर र बिर्तामोडमा ३–३, अर्जुनधारा र बाह्रदशीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा २ र छथरमा १, उदयपुरको बेलका, उदयपुरगढी र स्थानीय तह नखुलेका १–१, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ७ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ९५४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ४१७ महिला र ५३७ पुरुष रहेका छन् । हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६० हजार ३६९ पुगेको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ७० हजार १९१ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ८ हजार ६४९ रहेको छ । प्रदेश १ मा आज ६६० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १०३ महिला र १२४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।