झापा : झापाको गौरादह नगरपालिका-४ मैदानघुपामा पानीमा डुबेर एक बालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा सोही स्थानका गोपाल भट्टराईका दुई वर्षीय छोरा संयोग भट्टराई रहेका छन् । शनिवार बेलुका साढे ६ बजे घर अगाडी पैनीमा खेल्ने क्रममा अचानक डुबेर घाइते भएका बालकलाई उपचारकोलागी उनकै बाबुआमाले गौरादह स्थित ममता मेडिकलमा लगेका थिए ।

उपचार गर्ने क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।