विराटनगर : प्रदेश १ मा आज ३३९ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

मोरङमा ११२, सुनसरीमा ९७, झापामा ८१, उदयपुरमा १०, सङ्खुवासभामा ८, इलाममा ६, भोजपुरमा ३, धनकुटामा २, ताप्लेजुङ, खोटाङ र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका १७ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ३९, सुन्दरहरैचामा ३६, उर्लाबारीमा ८, बेलबारीमा ७, बुढीगंगामा ६, केराबारीमा ४, सुनबर्षीमा ३, मिक्लाजुङ, कानेपोखरी, पथरीशनिश्चरे र ग्रामथानमा २–२, रतुवामाईमा १, सुनसरीको इटहरीमा ४६, बराहक्षेत्रमा २९, रामधुनीमा ६, दुहबीमा ४, धरान र इनरुवामा ३–३, देवानगञ्ज र हरिनगरमा २–२, बर्जू र भोक्राहानरसिंहमा १–१, झापाको बिर्तामोडमा १९, अर्जुनधारामा १७, दमकमा १६, कनकाई र शिवसताक्षीमा ७–७, बाह्रदशीमा ४, मेचीनगर र कमल गाउँपालिकामा ३–३, गौरीगञ्ज र गौरादहमा २–२, स्थानीय तह नखुलेका १ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि उदयपुरको त्रियुगामा ५, चौदण्डीगढीमा ४ र बेलकामा १, सङ्खुवासभाको चैनपुरमा ६, खाँदबारी र सभापोखरीमा १–१, इलामको चुलाचुलीमा २, इलाम नगरपालिका, माई, माईजोगमाई र मांसेबुङमा १–१, भोजपुरको भोजपुर नगरपालिकामा ३, धनकुटाको धनकुटा नगरपालिका र पाख्रिवासमा १–१, ताप्लेजुङको सिदिङ्वा, खोटाङ र तेह्रथुमको म्याङ्लुङमा १–१ र प्रदेश १ बाहिरका १७ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ९३७ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ४५३ महिला र ४८४ पुरुष रहेका छन् । हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६१ हजार ३०६ पुगेको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ७० हजार ५३० पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ८ हजार ३७ रहेको छ । प्रदेश १ मा आज १ हजार ४८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १५४ महिला र १८५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।