धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड–१९ अस्पतालमा उपचारको क्रममा गए राति धरान-१८ का एक जना कोरोना सङ्क्रमित वृद्ध पुरुषको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलले दिएको जानकारी अनुसार धरान-१८ का ८४ वर्षीय वृद्ध पुरुषको उपचारको क्रममा गए राति साढे १२ बजे मृत्यु भएको हो ।

उनलाई असार ८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने ९ गते कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उनी पहिले देखिनै दिर्घरोगी रहेको प्रतिष्ठानले जनाएको छ ।

यो सँगै धरान-१८ मा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३ पुगेको १८ नम्बर वडा कार्यालयका भक्त राईले जानकारी दिए ।