धरान : इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतको सरुवा भएपछि धरानमा नयाँ डिएसपी नरेन्द्र कुँवरले इलाका प्रहरी कार्यालय धरानको जिम्मेवारी सम्हालेका छन् ।

आइतबार दिउँसो ४ बजे धरान आएका डिएसपी कुँवरलाई इलाका प्रहरी कार्यालय धरानको गेटमा डिएसपी बस्नेतले र इन्स्पेक्टर हेमराज ओली, वडा नं १३ का वडाध्यक्ष नेत्र प्रसाद काफ्ले र अन्य धरान प्रहरीको टोलीले खँदा तथा फूलको गुच्छाले स्वागत गरेका थिए ।

२०५८ सालमा नेपाल प्रहरीमा प्रवेश गरेका कुँवर सङ्घीय इकाई प्रहरी कार्यालय धरानमा कार्यरत हुँदै पूर्व क्षेत्र मोरङको रंगेली, पाँचथरमा प्रहरी कमान्ड समेत समाल्दै आएका र अख्तियार अनुसन्धानमा समेत कार्य गरेको त्यस समयमा धरानको समस्यालाई आफूले केही मात्राका बुझेको हुनाले धरानमा कार्य गर्न सहज नै हुने बताएका छन् ।

यस अघि कुँवर प्रहरी प्रदेश २ प्रहरी गणमा थिए । डिएसपी बस्नेतको भने प्रहरी प्रधान कार्यालयको कानुन शाखामा सरुवा भएको छ ।