धरान : कोरोना महामारी कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले थप एक साताका लागि निषेधाज्ञा खुकुलो पार्दै थप गरेको छ ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको डिसिसिएमसीको बैठकले एक हप्ता असार २२ गते सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञा थप गरेको भए पनि अव देखि जिल्लाभर ट्याम्पो, सिटी सफारी र निजी सवारी साधनहरू भने जोर बिजोर प्रणालीमा सञ्चालन गर्न पाइने छ ठुला यात्रुवाहक सवारी साधन भने संचालन गर्न पाईने छैन ।

खाद्यान्न, माछा मासु, दूध डेरी, विउ विजन र औषधी पसल निर्बाध सञ्चालन गर्न पाइने छ भने अरू पसलहरू बिहान १० बजे देखि अपराह्न ४ बजे सम्म मात्रै खोल्न पाइने निर्णय भएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलले जानकारी दिए ।

Suchana-1 Suchana-2