इटहरी : सुन्दरहरैंचा नगरपालिकाले बिरामीको घरदैलोमै पुगेर पिसिआर टेस्ट गर्ने भएको छ। लकडाउन खुकुलो हुँदै गएको बेला सङ्क्रमण दर बढ्न सक्ने भन्दै नगरपालिकाले टोलमै सेवा पुर्‍याएको हो।

सन्दरहरैचा ३ का वडाध्यक्ष जीवन ढुङ्गानाका अनुसार टाउको दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्ने, भोमीट हुने, पखाला लाग्ने जस्ता लक्षण देखिए बाहिर ननिस्की घरैबाट स्वास्थ्यकर्मीलाई फोन गरेर बोलाउने व्यवस्था गरिएको हो।

कसैलाई त्यस्ता लक्षण देखिएको भए मंगलबार दिउसो ११ बजे देखी गछियामा रहेको जनता प्राविको मैदान निःशुल्क टेस्टको व्यवस्था मिलाइएको उनले बताए।

स्वास्थ्यकर्मी टेलिफोन नम्बर ९८५२०२१२४६, ९८५२०५७५४४, ९८४२०५६१०३, ९८४२०४८६९७ र ९८१९३५३९५३ मा सम्पर्क गर्न उनले अनुरोध गरेका छन्।

पछिल्लो समय संक्रमणदर केही कमी भए पनि लकडाउन खुकुलो हुँदै जाँदा कोरोना परीक्षणलाई तीव्रता दिइएको उनले बताए। यसले गर्दा बेलैमा सङ्क्रमितको पहिचान भई कोरोना फैलिन नपाउने उनको भनाई छ।