इटहरी : इटहरी उपमहानगरपालिकाले मौरी पालक कृषकहरूलाई मौरीको घार प्रदान गरेको छ ।

उपमहानगरपालिकाका प्रमुख द्वारीकलाल चौधरीले इटहरी वडा नंं २, ३, ४ का मौरीपालन गर्ने फम तथा कृषकलाई ६१ वटा घार वितरण गर्नुभयो । उपमहानगरपालिकाको ७५ प्रतिशत अनुदानमा घार वितरण गरिएको हो ।

कृषक समूह र फर्म हरूलाई मौरी पालन व्यवसायमा थप सहयोग पुगोस् भन्ने उद्देश्यले घार प्रदान गरिएको इटहरी उपमहानगरपालिका कृषि शाखा प्रमुख गङ्गामाया अधिकारीले जानकारी दिइन।