धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचारको क्रममा धरान–९ का एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । 

प्रतिष्ठानको सह प्रवक्ता डा. चुडामणि पोखरेलका अनुसार धरान–९ का ६३ वर्षीय पुरुषको हिजो साँझ ५ः५० बजे मृत्यु भएको हो ।

उनलाई असार ६ गते कोरोना पुष्टि भएको थियो भने ८ गते कोभिड अस्पतालमा भर्ना भएका थिए । उनलाई पहिले देखिनै दीर्घ रोग रहेको प्रतिष्ठानले जनाएको छ ।