धरान : झापाको दमकबाट ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ ।

हिजो दिउसो सवा ३ बजे दमक–६ थाना रोडबाट इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गौरादह–५ वालुवथान का २६ वर्षीय विवेक लिम्बु र २२ वर्षीय सौरभ राईको साथबाट लागूऔषध ब्राउन सुगर २ ग्राम फेला परेको थियो ।

प्रहरीले थप अनुसन्धान गर्ने क्रममा उनीहरूले खरिद गरी ल्याएको स्थान खुल्न आए सँगै इलाम चुलाचुली-४ घर भई हाल दमक ५ मा बस्ने ३१ वर्षीय विक्रम राई र ३७ वर्षीय जेम्स भन्ने खगेन्द्र सावाको कोठाबाट पाँच लाख चौध हजार तीन सय सहित पक्राउ गरिएको थियो ।

विक्रम र खगेन्द्रलाई सोधपुछ गर्दा इलामको घरमा लागूऔषध लुकाई राखेको भन्ने खुल्न आएकोले उनीहरूको घरमा गई खानतलासी गर्दा विक्रमको कोठाबाट लागूऔषध ५ ग्राम र खगेन्द्र सावाको कोठाबाट ब्राउन सुगर २ ग्राम ३०० मिलिग्राम बरामद गरेको हो । पक्राउ परेका चारै जना माथि इलाका प्रहरी कार्यालय दमक झापाबाट थप अनुसन्धान भइरहेको छ ।