विराटनगर : प्रदेश १ मा आज धरानमा ७४ जना सहित ४२९ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

सुनसरीमा १६०, मोरङमा १२२, झापामा ९७, धनकुटामा १७, इलाममा ८, उदयपुरमा ६, सङ्खुवासभा, भोजपुर र खोटाङमा २–२, पाँचथर, ताप्लेजुङ र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका १० जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ७४, इटहरीमा ६३, रामधुनीमा ६, बराहक्षेत्रमा ४, दुहबी र गढीमा २–२, कोशी गाउँपालिका, हरिनगर, भोक्राहा र बर्जूमा १–१ र स्थानीय तह नखुलेका ५, मोरङको विराटनगरमा ७१, सुन्दरहरैचामा १०, बुढीगंगामा ८, उर्लाबारीमा ६, लेटाङ र केराबारीमा ५–५, मिक्लाजुङमा ४, पथरीशनिश्चरेमा ३, कटहरी र बेलबारीमा २–२, कानेपोखरी, रंगेली, रतुवामाई, धनपालथान, जहदा र स्थानीय तह नखुलेका १–१, झापाको बिर्तामोडमा २९, दमकमा २०, भद्रपुरमा १३, अर्जुनधारामा ८, कनकाई र मेचीनगरमा ७–७, शिवसताक्षीमा ५, झापा गाउँपालिकामा ३, बाह्रदशीमा २, गौरीगञ्ज, हाल्दिबारी र स्थानीय तह नखुलेका १–१ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

धनकुटाको धनकुटा नगरपालिकामा ९, पाख्रिवास, महालक्ष्मी र स्थानीय तह नखुलेका २–२, साँघुरीगढी र शहिदभूमीमा १–१, इलामको इलाम नगरपालिकामा ५, माईजोगमाई, मांसेबुङ र चुलाचुलीमा १–१, उदयपुरको चौदण्डीगढी, त्रियुगा र कटारीमा २–२, सङ्खुवासभाको चैनपुरमा २, भोजपुरको भोजपुर जगरपालिका र स्थानीय हत नखुलेका १–१, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिम, ताप्लेजुङको फुङलिङ र तेह्रथुमको म्याङ्लुङमा १–१ र प्रदेश १ बाहिरका १० जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसै गरी प्रदेश १ मा आज ४६३ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २१३ महिला र २५० पुरुष रहेका छन् । हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६२ हजार ४७१ पुगेको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ७१ हजार ३०१ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ६१४ रहेको छ । प्रदेश १ मा आज १ हजार २९८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २०४ महिला र २२५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।