झापा : गौरादह नगरपालिका वडा नं ९ बैगुन्धुराका किसानलाई कृषि उपकरण वितरण गरिएको छ। वडा भित्र रहेका किसानलाई च्याप कटर, स्प्रे ट्याङ्की, पानी तान्ने मोटर र बोयर जातका बोका पाठी वितरण गरिएको हो।

किसानको जीवन स्तर उकास्ने उद्देश्यले कृषक समूह तथा किसानलाई अनुदानमा वडा कार्यालयले कृषि उपकरण वितरण गरिएको छ । वडा कार्यालयको आर्थिक वर्ष २०७७/०७८ को वडा स्तरीय कृषि तर्फको योजनाबाट ५० प्रतिशत अनुदानमा च्याप कटर र स्प्रे ट्याङ्की, ७५ प्रतिशत अनुदानमा बोयर जातका बोका पाठी र २र३ को पानी तान्ने मोटर ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ।

वडा भित्र रहेका २० जना किसानलाई च्याप कटर, ६५ जनालाई स्प्रे ट्याङ्की, ६ जनालाई बोयर जातका बोका र ३ जना किसानलाई पाठी, २१ जना किसानलाई २र३ को पानी तान्ने मोटर वितरण गरिएको हो।

किसानहरुले परम्परा काल देखि गर्दै आएको कृषि प्रणालीमा आधुनिकीकरण गर्न आवश्यक रहेको बताउँदै थोरै समयमा धेरै काम गर्न सहयोग पुग्ने उद्देश्यले किसानहरूको माग बमोजिम कृषि सामग्री वितरण गरिएको वडा नं –९ का वडाध्यक्ष तथा कार्यक्रमका सभापति सीताराम भट्टराईले बताए ।

गौरादह नगरपालिका भित्र बसोबास गर्ने अधिकांश नागरिक कृषि पेसामा निर्भर रहेकाले किसानको जीवन स्तर उकास्न स्थानीय सरकारले कृषि सामग्री वितरण गरेको गौरादह नगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि रोहित कुमार शाहले जानकारी गराए।

नगरको सबै क्षेत्रको विकासका लागि स्थानीय सरकारले नगरको बजेट विनियोजन गरेको मेयर शाहले जानकारी गराए । कार्यक्रमको सञ्चालन वडा सचिव राम प्रसाद दाहाल र कर्मचारी केदार बाबु गिरीले संयुक्त रूपमा गरेका थिए ।