विराटनगर : प्रदेश १ मा आज ३६८ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

मोरङमा ११८, सुनसरीमा ११७, झापामा १०५, धनकुटामा १०, इलाममा ६, उदयपुरमा २, पाँचथर, सङ्खुवासभा र भोजपुरमा १–१, प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ४७, बेलबारीमा २२, लेटाङमा १२, पथरीशनिश्चरेमा १०, सुन्दरहरैचामा ८, उर्लाबारीमा ५, ग्रामथान, बुढीगंगा, कटहरी, मिक्लाजुङ र स्थानीय तह नखुलेका २–२, सुनबर्षी, रंगेली, कानेपोखरी र जहदामा १–१, सुनसरीको इटहरीमा ६४, धरानमा ४०, दुहबी र रामधुनीमा ३–३, बराहक्षेत्रमा २, भोक्राहानरसिंहमा १ र स्थानीय तह नखुलेको ४, झापाको दमकमा ६६, भद्रपुरमा १३, मेचीनगरमा ९, कमल गाउँपालिकामा ५, बिर्तामोड, बाह्रदशी, शिवसताक्षी र झापा गाउँपालिकामा २–२, अर्जुनधारा, कनकाई, हाल्दिबारी र गौरादहमा १–१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

धनकुटाको धनकुटा नगरपालिकामा ६, छथर, साँघुरीगढी, पाख्रिवास र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा ४, चुलाचुली र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगामा २, पाँचथरमा १, सङ्खुवासभाको चैनपुरमा १ र भोजपुरको भोजपुर नगरपालिकामा १ र प्रदेश १ बाहिरका ७ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ७१७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३२४ महिला र ३९३ पुरुष रहेका छन् । हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६३ हजार १८८ पुगेको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ७१ हजार ६६९ पुगेको छ । सक्रिय सङ्क्रमित ७ हजार २५६ रहेको छ ।

प्रदेश १ मा आज १ हजार १०२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १९९ महिला र १६९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।