धरान: धरानको भानुचोकमा विद्यार्थी विद्यार्थी संगठनहरुहरुले प्रधानमन्त्रीको केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन्।

महेन्द्र बहुमुखी क्याम्पस धरानबाट संयुक्त विद्यार्थीको टोलीले निकालेले विरोध र्‍यालीमा पनि प्रहरीले विद्याथीहरुलाई अवरोध गरेको थियो भने भानुचोकमा पुत्ला दहनमा धरान प्रहरीले अवरोध गरेको हो।

असंवैधानिक रूपमा प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेको भन्दै उनीहरूले पुत्ला दहन गरेका हुन्।

महेन्द्र क्याम्पसबाट सुरु भएको विरोध र्‍याली भानुचोकमा पुगेर पुत्ला दहन गरी विरोध सभालाई सम्बोधन राखे पछि सम्पन्न भएको थियो।

विरोध जुलुस तथा पुत्ला दहनमा जिल्ला सुनसरीका अनेरास्ववियु (माधव पक्ष) नेवी सङ्घ, अखिल क्रान्तिकारी, समाजवादी र मजदुर किसान सङ्घको विद्यार्थी सङ्गठनहरूको सहभागिता रहेको थियो।

सरकारका पछिल्ला दिनका कदमहरू संविधान विरोधी भएको बताउँदै विद्यार्थी सङ्गठनहरूले सरकार विरोधी विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन समेत गरेको थियो राष्ट्रपति र प्रधानमन्त्री विरुद्धका नारा समेत लगाएका थिए।

पेट्रोलियम पदार्थको मूल्य फिर्ता गर, निजी विद्यालयले लकडाउनमा असुलेको शुल्क मिनाहा गर, भोट हैन खोप दे, केपी तिम्रो पाराले दुःख पायो साराले लगायतका नारा लगाएका थिए ।