धरान : जिल्ला प्रहरी कार्यालय सुनसरीका नयाँ प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले एसपी कमल थापाको सरुवा भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीको कार्यभार सम्हालेका छन्।

सुनसरी आइपुगेका नयाँ प्रहरी प्रमुख थापालाई जिल्ला प्रहरी कार्यालय सुनसरीका निमित्त प्रहरी प्रमुख तथा डिएसपी नगेन्द्र कार्की, इन्स्पेक्टर लगायतको प्रहरी टोलीले फूलमाला तथा खादा लगाएर कार्यालयमा स्वागत  गरेका थिए।

सुनसरीका प्रहरी प्रमुख कमल थापाको काठमाडौँ उपत्यका प्रहरी कार्यालय तालिम अन्वेषण विकास तथा समन्वय शाखा रानीपोखरी सरुवा भएपछि उनको स्थानमा सञ्जयसिंह थापा सुनसरीको नयाँ प्रहरी प्रमुखको जिम्मेवारी पाएका हुन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रमुख भएर बुधवार हाजिर भएका उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय प्रहरी महाशाखा टंगाल काठमाडौँमा कार्यरत थिए ।

उनले पूर्व क्षेत्रमा इन्स्पेक्टर हुँदा बेलबारीमा कार्यरत थिए भने डिएसपीको प्रहरी कमान्डर ताप्लेजुङ र धरानमा कार्यरत थिए। धरानको पानवारिमा रहेको आसरा सुधार केन्द्रमा निमार्णमापनि थापाको पहल निकै रहेको छ।

'मैले पूर्व क्षेत्रमा कार्य गर्दा देखेको सुनेको सुनसरीको प्रमुख जडको रूपमा लागुऔषध जग नै रहेको छ' उनले भने।

'यस अघिका सुनसरी प्रहरी प्रमुखले भने अनुसार पनि आपराधिक क्रियाकलाप लागुऔषध प्रयोगकर्ताले नै धेरै घटना निम्त्याएको बुझिन्छ त्यसैले भविष्यका कर्णधारहरू आधुनिक तथा कृत्रिम लागुऔषध प्रयोगकर्ता बन्दा समाजमा जुन प्रभाव पारेको छ र परिवारको खुसीमा जुन असर पारेको त्यस्तो लागुऔषधको जालेलाई  हद सम्म तोड्छु मैले लागु औषध न्यूनीकरणबारे अध्ययन पनि गरेको हुँदा मलाई सहज नै हुन्छ।'

यस अघिका एसपीले गर्नु भएको लागुऔषध विरुद्धको स्विप अप्रेसनलाई निरन्तरता दिँदै  र कोरोनाका कारणले उहाँले पुरा गर्नु नसकेका कुराहरू पुरा गर्ने उनले बताए। 'हामी एउटै ब्याचको भएकाले एक अर्कामा काम गर्न सहज छ त्यसैले यहाँको मुख्य समस्या ओसारपसार बेचबिखन जुन हिसाबले एसपी सर लाग्नु भएको  थियो भन्दा जुझारु भएर लाग्छु।'

सुनसरी भारत सँग जोडिने सीमा जिल्ला भएकाले सीमा नाकामा हुने चोरी तस्करी नियन्त्रण गर्ने त कार्य छदै छ, अपराधी लुक्दा आपराधिक क्रियाकलाप बढी हुन्छ त्यसैले नेपाली अपराधी भारत गएर लुक्न नसकुन् र भारतबाट अपराधी नेपाल आएर लुक्न नसकुन् भन्ने हिसाबले पहल रहने एसपी थापाले बताएका छन्।

DSP-THAPa-salami