धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले प्रतिष्ठानको समस्याको सकारात्मक निकासका निम्ति प्रतिष्ठानको तर्फ बाट औपचारिक रूपमा वार्ताका लागि पहल भइरहेको बताएका छन्

उपकुलपतिले एक ध्यानाकर्षण पत्र गर्दै आफूले मादक पदार्थ सेवन गरी आएको भनिएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको पनि जनाएका छन् मङ्गलवार प्रतिष्ठानमा संयुक्त सङ्घर्ष समितिको आन्दोलनको मागको बारेमा वार्ताको क्रममा उपकुलपतिले मादक पदार्थ सेवन गरी वार्ता स्थलमा उपस्थित भएको भन्दै समितिका वार्ता टोलीले वार्ता बहिस्कार गरेका थिए

त्यस पछि संयुक्त सङ्घर्ष समितिले प्रतिष्ठानको चारै जना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेर दिने अल्टिमेटम दिएर आन्दोलन अघि बढाइरहेको बेलामा उपकुलपतिले ध्यानाकर्षण पत्र गर्दै प्रतिष्ठानमा सञ्चालित आन्दोलनको दौरानमा प्रतिष्ठानको विद्यमान विषम परिस्थितिका सुल्झाउन आफूले पाएको संस्थागत जिम्मेवारी पुरा गर्ने उद्देश्यका साथ काठमाण्डौमा आर्थिक, नीतिगत कोभिड सम्बन्धित विविध कार्यहरूको सन्दर्भमा छलफल एवं सहयोगका लागि विभिन्न सरकारी निकायहरूमा विगत केही दिन देखि तल्लीन रहेको जनाएका छन्

यसै बिच प्रतिष्ठानमा सिर्जित वातावरण सम्हाल्न एक दिन पहिले मात्रै दिनभरको लामो यात्रा पश्चात् पनि आन्दोलनमा उठेका जायज निस्स्वार्थ मागहरू के कसरी द्रुत गतिमा सम्बोधन गर्न सकिन्छ भनेर राति अबेर सम्म भोलि पल्ट बिहानै देखि पदाधिकारी एवं प्रतिष्ठानका अन्य सरोकारवालाहरूसँग निरन्तर संवादमा रहेको जानकारी गराउन चाहन्छु ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन्

यस कारण भौतिक मानसिक चिन्ताका कारण मेरो शारीरिक अवस्था कमजोर भएको महसुस गरिरहेको तथापि आफ्ना परिवारकै सदस्यहरूसँग संवाद प्रारम्भ गर्न ढिलाइ नहोस् भनी आतुर भई वार्ताका लागि अनुरोध गरिएको थियो

ध्यानाकर्षण पत्रमा भनिएको विद्यामान आन्दोलनको दौरानमा उठान गरिएका माग एवं समस्या समाधानका निम्ति छलफल भइरहेको बखत एक अर्काको धारणा अभिव्यक्त गर्ने क्रममा सङ्घर्ष शमितका तर्फ बाट आफ्नो धारणा राखे पश्चात् प्रतिष्ठानको तर्फबाट विचारहरू राख्ने क्रममा तत्कालीन परिस्थितिमा वार्ता गर्ने अनुकूल वातावरण नभएको बिना तयारी वार्ता हुन नसक्ने भनी सङ्घर्ष समितिको तर्फ बाट जानकारी गराई जानु भएको समेत सबैमा अवगत गराउँदछु

वार्ताका दौरानमा आफूले कसैलाई कुनै पनि प्रकारको दुर्व्यवहार नगरेको समेत जानकारी गराउँदै व्यक्तिगत चरित्र हत्या गर्ने नियतले परिस्थितिको गलत ढङ्गले व्याख्या विश्लेषण सहित सञ्चार माध्यम मार्फत आम समुदायमा भ्रामक समाचार फैलाएको प्रति खेद प्रकट गर्दै त्यस बाट प्रतिष्ठानको छविमा आँच पुग्न गएकोमा गम्भीर दुःख व्यक्त गर्दछु

साथै समस्याको सकारात्मक निकासका निम्ति प्रतिष्ठानको तर्फ बाट औपचारिक रूपमा वार्ताका लागि पहल भइरहेको वार्ता कै माध्यमबाट छिट्टै परिस्थिति सामान्य हुने विश्वास समेत लिएको छु ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन्

प्रतिष्ठानमा चरम बेथिति बढेको भन्दै सबै तिरबाट ध्यानाकर्षण भइरहेको संयुक्त सङ्घर्ष समितिले पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरी राजीनामाको माग गर्दै आफ्नो दिने अल्टिमेटम सहित पदाधिकारीसँग वार्ता नगर्ने सरकारी उच्च स्तरीय वार्ता टोलीसँग मात्रै वार्ता गर्ने भनेको

प्रतिष्ठानको आधिकारिक भनाई लिनका लागि पटक पटक सम्पर्क गर्दा पनि पदाधिकारी लगायत प्रतिष्ठानका सह प्रवक्ताले टेलिफोन उठाएका थिएनन् यो विज्ञप्ति आन्दोलनको क्रममा पहिलो प्रतिष्ठानको आधिकारिक भनाई आएको हो

Dheyanakarsan