विराटनगर : धरानमा ८२ जना सहित आज प्रदेश १ मा आज ४७८ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

झापामा १४३, सुनसरीमा १३९, मोरङमा ९७, ताप्लेजुङमा १०, इलाममा ७, उदयपुर र धनकुटामा ६–६, तेह्रथुममा ३, सङ्खुवासभामा २, ओखलढुङ्गा, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३९ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको बिर्तामोडमा ५४, कनकाईमा २१, दमकमा १६, भद्रपुरमा १५, मेचीनगरमा ११, अर्जुनधारामा १०, शिवसताक्षीमा ८, झापा गाउँपालिकामा २, कचनकवल, गौरादह र कमल गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ३, सुनसरीको धरानमा ८२, इटहरीमा ३३, रामधुनीमा ७, बराहक्षेत्रमा ६, गढीमा ३, दुहबी र इनरुवामा २–२ र स्थानीय तह नखुलेका ४, मोरङको सुन्दरहरैचामा ३१, विराटनगरमा २८, केराबारीमा १२, पथरीशनिश्चरेमा ९, बेलबारीमा ५, मिक्लाजुङमा ३, उर्लाबारी र कटहरिमा २–२, बुढीगंगा, ग्रामथान, रंगेली, लेटाङ र स्थानीय तह नखुलेका १–१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि ताप्लेजुङको मिक्वाखोलामा ५, मैवाखोलामा ३, फक्ताङलुङमा २, इलामको देउमाईमा ३, इलाम नगरपालिकामा २, माई र चुलाचुलीमा १–१, उदयपुरको त्रियुगामा ३, बेलका, चौदण्डीगढी र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा ३, पाख्रिवास, शहिदभूमी र स्थानीय तह नखुलेको १–१, तेह्रथुमको म्याङ्लुङमा २ र स्थानीय तह नखुलेको १, सङ्खुवासभाको खाँदबारीमा २, ओखलढुङ्गामा १, भोजपुरको भोजपुर नगरपालिकामा १ र खोटाङको हलेसी तुवाचुङमा १ र प्रदेश १ बाहिरका ३९ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसैगरी प्रदेश १ मा आज ५५५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २५१ महिला र ३०४ पुरुष रहेका छन् । हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६३ हजार ७४३ पुगेको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ७२ हजार १४७ पुगेको छ । सक्रिय सङ्क्रमित ७ हजार १६१ रहेको छ । प्रदेश १ मा आज १ हजार ३५९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २०८ महिला र २७० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।