धरान : कोरोना महामारीको कारण निकै लामो समय सम्मको निषेधाज्ञाबाट प्रभावित धरानका १५ सय यातायात मजदुरहरूलाई आज राहत वितरण गरिँदै छ ।

धरान ८ को सभागृहमा प्रति परिवार २० केजी चामल, २ केजी दाल वितरण गरिँदै गरेको धरान उपमहानगरपालिकाका वरिष्ठ अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए ।

निकै लामो समय सम्म यातायातका साधन नचल्दा यातायातमा निर्भर मजदुरहरूलाई समस्या भएको भन्दै धरान उपमहानगरपालिकाले केही दिन अघि यातायात मजदुर राहत समिति धर्म तामाङको संयोजकत्वमा गठन भएको थियो ।

त्यही समिति मार्फत यातायात मजदुरहरूको परिवारको प्रमाणीकरण गरी आज राहत वितरण गरिएको हो । विभिन्न यातायात मजदुर सङ्गठनहरूको प्रमाणीकरण र सिफारिसमा टोकन सिस्टमबाट राहत वितरण भइरहेको यातायात मजदुर राहत समितिका सदस्य लीलाबहादुर प्रधानले जानकारी दिए ।

विभिन्न यातायात मजदुर सङ्गठनहरूले राहत वितरण गरिनुपर्ने मजदुरहरूको प्राथमिक करण गरी राहत वितरण गरेको बताइएको छ । राहत पाउने मजदुरहरूमा लामो तथा छोटो दुरीका यातायातका मजदुर, ट्याम्पो र सिटी सफारीका मजदुरहरूलाई राहत वितरण गरिएको बताइएको छ ।  

Rahat