धरान : प्रदेश १ मा आज धरानमा ४१ जना सहित ३ सय ८ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

आज थपिनेमा झापामा ८५, मोरङमा ९३, सुनसरीमा ७९, धनकुटामा १०, उदयपुरमा ४, सङ्खुवासभामा २, तेह्रथुममा २, इलाममा ६, पाँचथरमा १९ र प्रदेश १ बाहिरका ८ जना गरी ३ सय ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार आज सुनसरीको वराहक्षेत्रमा ३, धरानमा ४१, रामधुनीमा २, इटहरीमा २५, इनरुवामा १, दुहबीमा २ र स्थानीय तह नखुलेको ४ जना गरी ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो समय लकडाउन खुकुलो भएपछि धरानमा कोरोना संक्रमणदर बढ्दै गएको छ । पहिलेकै तुलनामा कोरोना सङ्क्रमण भइरहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।

आज थपिएका सँगै धरानमा कोरोनाको दोस्रो लहरमा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या ३ हजार १ सय ६५ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या ७६ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ ।