इटहरी : सुनसरीमा कोभिड-१९ बिरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाइने भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयले स्थानीय पालिकालाई पत्र पठाएर खोप लगाउने बारे जानकारी गराएको हो । 

गत जेठ २५ देखी २७ गते सम्म पहिलो डोज लगाएकाहरूले २२ र २३ गते दोस्रो डोज लगाउन पाउने भएका छन्। असार १, २ र ३ गते खोप लगाउनेको हकमा भने २७ र २८ गते लगाउने व्यवस्था मिलाइएको छ। पहिला खोप लगाएकै पालिकामा खोप कार्ड लिएर दोस्रो डोज लगाउन पाइने भएको हो।

सुनसरीको धरानको हकमा स्वास्थ्य चौकी धरान, सहरी स्वास्थ्य केन्द्र धरान १७ र सहरी स्वास्थ्य केन्द्र धरान १५ मा खोप लगाइने भएको छ।

त्यस्तै इटहरी उपमहानगरपालिकामा इटहरी अस्पताल, स्वास्थ्य चौकी नखार, स्वास्थ्य चौकी पकली, स्वास्थ्य चौकी हाँसपोसामा खोप लगाइने पत्रमा उल्लेख गरिएको छ।

दुहबी नगरपालिकामा भने लुनकरणदास अस्पताल, स्वास्थ्य चौकी तलमनवा, नगर अस्पताल दुहबीमा खोप लगाइँदै छ।

सबैभन्दा धेरै खोप केन्द्र बराह क्षेत्रमा रहेका छन्। प्राथमिक स्वास्थ्य केन्द्र चतरा, प्राथमिक स्वास्थ्य केन्द्र मधुवन, स्वास्थ्य चौकी महेन्द्रनगर, स्वास्थ्य चौकी प्रकाशपुर र भरौल स्वास्थ्य चौकीमा खोप लगाउने व्यवस्था मिलाइएको छ।

इनरुवामा भने इनरुवा स्वास्थ्य चौकी र चाँदबेला स्वास्थ्य चौकीमा लगाउने कार्यक्रम रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ। 

sunsari-khop-verosel