विराटनगर : धरानमा ७२ जना सहित प्रदेश १ मा आज २७१ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

सुनसरीमा १३५, मोरङमा ६२, झापामा ३४, उदयपुरमा १६, धनकुटामा ८, तेह्रथुममा ४, इलाम र सङ्खुवासभामा ३–३, पाँचथरमा २ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ७२, वराहक्षेत्रमा २७, इटहरीमा २५, रामधुनीमा ४, दुहबीमा ३, बर्जू र गढीमा १–१ र स्थानीय तह नखुलेका २, मोरङको विराटनगरमा ४०, केराबारीमा ६, बुढीगंगामा ५, पथरीशनिश्चरेमा ४, बेलबारीमा २, कटहरी, ग्रामथान, उर्लाबारी, मिक्लाजुङ र लेटाङमा १–१, झापाको दमकमा १७, भद्रपुर र मेचीनगरमा ५–५, कमल गाउँपालिकामा ४, बिर्तामोडमा २ र शिवसताक्षीमा १ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि उदयपुरको त्रियुगामा १६, धनकुटाको धनकुटा नगरपालिकामा ६ र स्थानीय तह नखुलेका २, तेह्रथुमको लालीगुराँसमा ३ र स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिकामा ३, सङ्खुवासभाको चैनपुरमा १ र स्थानीय तह नखुलेका २, पाँचथरमा २ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ५८० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २६४ महिला र ३१६ जना पुरुष रहेका छन् । हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६४ हजार ७४३ पुगेको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ७२ हजार ७२६ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ७२२ रहेको छ । प्रदेश १ मा आज ५७५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ११४ महिला र १५७ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।