धरान : ताप्लेजुङको सिरिजंघा गाउँपालिका–२ पुल्चोकमा रहेको सुन्तली हाइड्रोपावर मा काम गर्ने कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानका २२ वर्षीय प्रमोद कुवर रहेका छन् । शनिवार दिउसो २ बजे हाइड्रोपावर मा रहेको ट्रान्सफर्मरमा फ्युज चेन्ज गर्ने क्रममा करेन्ट लागी मृत्यु भएको हो ।

घटना सम्बन्धमा अस्थायी प्रहरी चौकी खाम्दिम्बे र इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको छ ।