धरान : निरन्तरको वर्षाको कारण सुनसरीमा १४ घर परिवार डुबानमा परि पुर्णरुपमा विस्थापित भएका छन् ।

सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलले दिएको जानकारी अनुसार अहिले सम्म जिल्ला प्रशासन कार्यालयलाई जानकारी प्राप्त भए अनुसार भोक्राहानरसिं गाउँपालिकाको वडानं. ७ मा १४ घर डुबानमा परि पुर्णरुपमा विस्थापित भएका छन् ।

Sunsari-ma-Duban-ashar-19-3

उनीहरूलाई उद्धार गरी सामुदायिक भवनमा राखिएको छ । सुनसरी खोलाको बाढीले भोक्राहानरसिं गाउँपालिकाको ४,५,६ र ७ नम्बरमा डुबान गरेको भोक्राहानरसिं गाउँपालिकाका योजना सहायक रामचन्द्र यादवले बताए । उनले भने भोक्राहानरसिं गाउँपालिकामा मात्रै ५० घर परिवार विस्थापित भएको दाबी गरे ।

निरन्तरको वर्षाको कारण खोला तथा नदीहरूमा बहाव बढेपछि सुनसरी जिल्लाको दक्षिणबर्ती क्षेत्रहरू डुबानको चपेटामा परेका हुन् । शनिवार सुनसरीको इटहरीको केही भाग पनि डुबानमा परेको थियो ।

Sunsari-ma-Duban-ashar-19-5

निरन्तरको वर्षा गए राति देखि रोकिएपछि बाढी, पहिरो र डुबानबाट प्रभावितहरूको अवस्था सामान्य तर्फ उन्मुख भएको सुनसरीका प्रहरी प्रमुख एसपी सन्जयसिंह थापाले बताए ।

भोक्राहानरसिं ७ का डुबान पीडितहरू भने पानीको सतह घटे पनि आफ्नै घरमा पुनर्स्थापित हुन नसक्नेगरी डुबान भएको बताइएको छ ।

Sunsari-ma-Duban-ashar-19-4

यसै गरी कुरुवा खोलामा बाढी आई बाटो बगाएकाले इनरुवा बजार आउन जान स्थानीयलाई समस्या भएको छ ।

इनरुवा ८ गणेशपुरका स्थानीयबासीहरु इनरुवा बजार आउनु सडक बगाएर समस्या परेको इनरुवा ८ का हेमनारायण चौधरीले बताए ।

इनरुवाको महेन्द्र चोक सँग जोडने गणेशपुरको रोड भर्खरै पिचको लागि तयारी भई रहेको अवस्थामा वर्षाको कारण बगाए पछि उक्त सडकबाट आवत जावत गर्ने अधिकांश व्यक्तिहरू समस्यामा परेको स्थानीय मिथिलेश कुमार मेहताले बताए ।

Sunsari-ma-Duban-ashar-19-7

सुनसरीमा बाढी र डुबानबाट के कति क्षति भयो यसबारेमा भने विवरण आइनसकेको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलले बताए ।

तस्बिरहरु : सुकदेव चौधरी

Sunsari-ma-Duban-ashar-19-1