विराटनगर : प्रदेश १ मा आज ३१२ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

मोरङमा १३०, झापामा ९३, सुनसरीमा ५१, ताप्लेजुङमा ९, उदयपुरमा ५, पाँचथरमा ३, सङ्खुवासभामा २, तेह्रथुम, इलाम, धनकुटामा १–१ र प्रदेश १ बाहिरका १६ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको सुन्दरहरैचामा ५४, विराटनगरमा ४३, लेटाङमा ९, बेलबारीमा ७, बुढीगंगामा ४, पथरीशनिश्चरे , रतुवामाई र उर्लाबारीमा ३–३, ग्रामथानमा २, मिक्लाजुङ र सुनबर्षीमा १–१, झापाको दमकमा २९, बिर्तामोडमा १९, अर्जुनधारामा १६, कनकाईमा ८, मेचीनगरमा ५, कमल गाउँपालिका, गौरादह र शिवसताक्षीमा ३–३, झापा गाउँपालिका र बाह्रदशीमा २–२, भद्रपुर, गौरीगञ्ज र बुद्धशान्तिमा १–१, सुनसरीको इटहरीमा ३२, धरानमा ६, रामधुनीमा ४, दुहबी र इनरुवामा ३–३, वराहक्षेत्रमा २, भोक्राहानरसिंहमा १, ताप्लेजुङको मिक्वाखोलामा ६, आठराई त्रिवेणी, फक्ताङलुङ र मेरिङदेनमा १–१, उदयपुरको त्रियुगा, ताप्ली, चौदण्डीगढी, कटारी र स्थानीय तह नखुलेका १–१, पाँचथरको फालेलुङमा ३, सङ्खुवासभाको धर्मदेवी र खाँदबारीमा १–१, तेह्रथुमको म्याङ्लुङमा १, इलामको मांसेबुङमा १, धनकुटाको महालक्ष्मीमा १ र प्रदेश १ बाहिरका १६ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ७३ हजार ३८ पुगेको छ । सक्रिय सङ्क्रमित ६ हजार २२८ रहेको छ । यसै गरी प्रदेश १ मा आज ७९२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त भएका मध्ये ३५२ महिला र ४४० पुरुष रहेका छन् ।

हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६५ हजार ५३५ पुगेको छ । प्रदेश १ मा आज ८०३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ११८ महिला र १९४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।