धरान : अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पस कमिटी धरानले विद्यार्थीहरूको पढ्न पाउने हक अधिकार सुनिश्चितताको लागि तत्कालै २४ घण्टाभित्रमा स्थगित अनलाइन कक्षाहरू संचालनको माग गर्दै महेन्द्र बहुमुखी क्याम्पस धरानको क्याम्पस प्रशासनमा अनिस्चितकालिन तालाबन्दी गरेको छ ।

अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पस कमिटीले यस विषम परिस्थितिमा विद्यार्थीहरूका पाठ्यपुस्तकको अभाव देखिएकाले क्याम्पस प्रशासनले तत्काल विद्यार्थीहरूलाई आवश्यक पाठ्यपुस्तक तुरुन्त उपलब्ध गराउनु पर्ने ,अन्यथा क्याम्पस प्रशासनले यस मुद्दाको सुनुवाइ र समाधान तोकेको समयभित्रमा कुनै पनि कदम नचालेमा हामी विद्यार्थीको हकहित सुनिश्चितताको निमित्त जुनसुकै सङ्घर्षका कार्यक्रम अगाडि बढाउन बाध्य हुनेछौँ जसको नकारात्मक प्रभावको सम्पूर्ण जिम्मेवारी क्याम्पस प्रशासनले लिनुपर्नेछ विज्ञप्तिमा भनिएको छ ।

यस सङ्क्रमणकालीन विषम परिस्थितिमा महेन्द्र बहुमुखी क्याम्पस धरानमा विभिन्न ठाउँबाट भर्ना भई स्नातक तहका लागि अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूको भौतिक रूपमा कक्षा सञ्चालन नभएता पनि अनलाइन मार्फत विभिन्न कक्षाहरू सञ्चालन भइरहेको थियो ।

तर केही दिन यता उक्त सञ्चालन भइरहेकोमा त्रि.वि. आंशिक प्राध्यापक सङ्घले ध्यानाकर्षण पत्र सार्वजनिक गरी अनलाइन कक्षा बन्द गरेकोले यस विषयमा क्याम्पस प्रशासनबाट कुनै आधिकारिक सूचना, जानकारी नआईकन स्थगित भएको हुँदा समग्र विद्यार्थीहरू यो महामारीको चपेटामा परिरहेको बेला अनलाइन कक्षाले ठुलो राहत दिइरहेको कमिटीका सहसचिव सन्देश आङ्बुहाङले बताए ।

अहिले आएर कुनै विषय पढाई हुने त कुनै विषय पढाई नहुने भएकाले उक्त विद्यार्थीहरूको समस्या प्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । त्रि.वि. आंशिक प्राध्यापकहरूको जायज माग प्रति समर्थन जनाउँदै तत्काल समस्या समाधानका लागि पहल गर्दै क्याम्पस प्रशासनले अनलाइन कक्षालाई पुनः निरन्तर गर्न गराउनका लागि माग गरेको छ ।

अन्यथा विद्यार्थीको हक अधिकारका निम्ति सङ्गठन जस्तोसुकै कदम चाल्न बाध्य हुनेछ त्यसबाट उत्पन्न हुने सम्पूर्ण कुराको जिम्मेवार क्याम्पस प्रशासन स्वयम हुने सङ्गठनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Aneraswabyou