धरान : इलामको माङसेबुङ गाउँपालिका ५ का ४२ वर्षीय प्रवीण राईको करेन्ट लागेर मृत्यु भएको छ ।

शनिवार बेलुका साढे ७ बजे राईले माई नगरपालिका ४ स्थित मान्छे नबसेको घरबाट विद्युतको तार जोडी गङटेखोलामा माछा मार्ने क्रममा करेन्ट लागी गम्भीर घाइते भएका उनको उपचारको लागी लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी टोली खटी गई थप अनुसन्धान भइरहेको छ ।