धरान :  धरान-११ बाट धरान प्रहरीले एक जनालाई प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ ।

नगरकोट कोठा भाडामा बस्ने २० वर्षीय सत्यम दासलाई प्रतिबन्धित औषधी सहित पक्राउ गरिएको छ । शनिवार दिउसो साढे १२ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले दासको कोठामा लुकाई छिपाइ राखेको प्रतिबन्धित औषधी CETADOL–50 ३९० क्याप्सुल र SPASPAIN ३९० क्याप्सुल फेला पारेको थियो ।

दासको सप्तरी अग्नीसर कृष्णसरवन-४ घर भई हाल धरान कोठा भाडामा बस्दै आएका थिए । पक्राउ परेका दासको थप अनुसन्धान भइरहेको छ ।