धरान : कोरोना विरुद्धको भेरोसेलको दोस्रो मात्राको खोप भोलि र पर्सि २ दिन धरानमा लगाईदैछ ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार धरानमा गएको जेठ २५,२६ र २७ गते २ हजार ३ सय ८० जनाले पहिलो मात्राको भेरोसेल खोप लगाएका थिए । उनीहरुलाईनै दोस्रो मात्राको खोप लगाउन लागिएको हो ।

धरान उपमहानगरपालिकामा ३ वटा खोप केन्द्रबाट दोस्रो मात्राको खोप लगाईदैछ । धरानको छाताचौकमा रहेको पुरानो अस्पताल भित्र धरान स्वास्थ्य चौकी, कार्मेल हाईस्कुल धरान १८ र श्याम चौक सेवा समाज धरान १५ गरी तीन वटा खोप केन्द्रबाट खोप लगाइने महाशाखा प्रमुख मेहेताले जानकारी दिए ।