धरान : पाँचथरको याङवरक गाउँपालिका–४  काबेली खोलामा पौडी खेल्न गएका दुई जना बालकलाई खोलाले बगाएर बेपत्ता बनाएको छ । 

पौडी खेल्न गएका ६ जना मध्ये २ जना बालकलाई खोलाले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा याङवरक गाउँपालिका–४ का १६ वर्षीय लक्ष्मण योङहाङ र १३ वर्षीय विपल योङहाङ रहेका छन् ।

आइतबार दिउँसो साढे १२ बजे ६ जनाको समूहमा पौडी खेल्न गएका उनीहरू मध्ये लक्ष्मण र विपल खोलाले बगाई बेपता भएका हुन् ।

घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायव उपरीक्षकको कमान्डमा उद्धार सामाग्री सहितको प्रहरी टोली खटी गई खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।