धरान : इटहरी र तरहराको बिच आँपगाछीमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी अर्जुन केसीले दिएको जानकारी अनुसार साढे ३ बजे तिर धरानबाट इटहरी तर्फ जाँदै गरेको को १ प ३४४१ नम्बरको दूध बोक्ने गाडी र स ५ प ७३०६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो । 

दुर्घटनामा परि गम्भीर घाइते भएका मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा-५ का २६ वर्षीय नरेश यादवको उद्धार गरी उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।