विराटनगर : प्रदेश १ मा आज ३५९ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

झापामा १४८, मोरङमा १३१, सुनसरीमा ४७, धनकुटामा १२, उदयपुरमा ५, इलाममा ३, पाँचथर र सङ्खुवासभामा २–२, ताप्लेजुङ, तेह्रथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको मेचीनगरमा ३५, बिर्तामोडमा २६, दमकमा २४, अर्जुनधारा र भद्रपुरमा १७–१७, कनकाईमा १३, शिवसताक्षीमा ५, बुद्धशान्ति, बाह्रदशी र कमल गाउँपालिकामा २–२, गौरादह, गौरीगञ्ज , हाल्दिबारी, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा ५४, बेलबारीमा ४४, पथरीशनिश्चरेमा ९, बुढीगंगामा ५, लेटाङ, ग्रामथान, सुन्दरहरैचा र कटहरीमा ३–३, सुनबर्षीमा २, उर्लाबारी, केराबारी, रंगेली, धनपालथान र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा २१, इटहरीमा १६, दुहबी र स्थानीय तह नखुलेका ३–३, भोक्राहानरसिंहमा २, गढी र बराहक्षेत्रमा १–१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि धनकुटाको धनकुटा नगरपालिकामा ८, साँघुरीगढी, पख्रिबास, शहिदभूमी र महालक्ष्मीमा १–१, उदयपुरको त्रियुगामा ३, चौदण्डीगढी र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा २ र सुर्योदयमा १, पाँचथरको फुङलिङ र स्थानीय तह नखुलेका १–१, सङ्खुवासभाको चैनपुर र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको मिक्वाखोला, तेह्रथुमको म्याङ्लुङ र भोजपुरको भोजपुर नगरपालिकामा १–१ र प्रदेश १ बाहिरका ६ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यसै गरी प्रदेश १ मा आज ६२३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २८४ महिला र ३३९ पुरुष रहेका छन् । हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६६ हजार १५८ पुगेको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ७३ हजार ३९७ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ९५२ पुगेको छ । प्रदेश १ मा आज ९६३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १६५ महिला र १९४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।