विराटनगर : धरानमा ९२ जना सहित प्रदेश १ मा आज ४०३ जना कोरोना सङ्क्रमित थपिएका छन् । 

झापामा १५२, सुनसरीमा १३२, मोरङमा ८६, धनकुटामा ७, सङ्खुवासभामा ६, इलाममा ५, उदयपुरमा ३, ताप्लेजुङ र तेह्रथुममा २–२, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ७ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको बिर्तामोडमा ४४, दमक र मेचीनगरमा २१-२१, भद्रपुरमा १९, अर्जुनधारामा १७, हल्दिबारीमा ९, कनकाईमा ६, बुद्धशान्ति र बाह्रदशीमा ३–३, कमल गाउँपालिका र गौरादहमा २-२, झापा गाउँपालिकामा १ र स्थानीय तह नखुलेका ४, सुनसरीको धरानमा ९२, इटहरीमा २२, बराहक्षेत्र र स्थानीय तह नखुलेका ५-५, रामधुनीमा ३, कोसी, बर्जू, हरिनगर, इनरुवा र गढीमा १-१, मोरङको विराटनगरमा ४८, केराबारीमा १४, पथरीशनिश्चरेमा १०, सुन्दरहरैचामा ४, उर्लाबारीमा ३, बुढीगंगा, कटहरी, रंगेली, लेटाङ, कानेपोखरी, धनपालथान र स्थानीय तह नखुलेका १-१, धनकुटाको धनकुटा नगरपालिकामा ४, साँघुरीगढी, छथर र स्थानीयतह नखुलेका १–१, सङ्खुवासभाको सिलोचोङमा ५ र स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिकामा २, माई, चुलाचुली र स्थानीय तह नखुलेका १-१, उदयपुरको चौदण्डीगढी, त्रियुगा र स्थानीय तह नखुलेको १-१, ताप्लेजुङको फुङलिङ र स्थानीय तह नखुलेका १-१, तेह्रथुमको मेन्छेयाम र स्थानीय तह नखुलेका १-१, ओखलढुङ्गाको मानेभन्ज्याङमा १ र  प्रदेश १ बाहिरका ७ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसै गरी प्रदेश १ मा आज ६३९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३०८ महिला र ३३१ पुरुष रहेका छन् । हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६६ हजार ७९७ पुगेको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ७३ हजार ८०० पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ७ सय रहेको छ । प्रदेश १ मा आज १ हजार १९० जनाको पीसीआर परीक्षण गरिएको छ । पीसीआर परीक्षण गरिएका मध्ये १७८ महिला र २२५ पुरुषको रिपोर्ट आएको मन्त्रालयले जनाएको छ ।