धरान : सुनसरी जिल्लाको १२ पालिका मध्ये धरानमा ३ हजार ४ सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय सुनसरीले दिएको जानकारी अनुसार अहिले सम्म कोरोनाको दोस्रो लहरबाट मात्रै धरान उपमहानगरपालिकामा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो ।

यही अवधिमा धरानमा मात्रै ८७ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय सुनसरीको तथ्याङ्कमा उल्लेख छ । गतबर्ष पहिलो लहरबाट पनि धरानमानै सङ्क्रमण उच्च थियो ।

पहिलो लहरको कोरोना सङ्क्रमणबाट धरानमा ३ हजार ७ सय ५४ जनामा कोरोना सङ्क्रमण भएको थियो भने त्यति बेला ६४ जनाको मृत्यु भएको थियो ।

पहिलो र दोस्रो लहरको जोडने हो भने धरान उपमहानगरपालिकामा मात्रै अहिले सम्म कोरोना सङ्क्रमितको कुल सङ्ख्या ७ हजार २ सय २२ पुगेको छ भने १ सय ५१ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

यसै गरी सुनसरीको दोस्रो बढी कोरोना सङ्क्रमित पालिका इटहरी उपमहानगरपालिका बनेको छ । इटहरी उपमहानगरपालिकामा पहिलो लहरबाट २ हजार ५ सय ९ जनामा कोरोना सङ्क्रमण भएको थियो भने ४५ जनाको मृत्यु भएको थियो ।

यस पटक ३ हजार ४ सय ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ६५ जनाको मृत्यु भएको छ । इटहरीमा अहिले सम्म पहिलो र दोस्रो लहर गरी कुल सङ्क्रमितको सङ्ख्या ५ हजार ९ सय ५१ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या १ सय १० पुगेको छ ।

यसै गरी इनरुवा नगरपालिकामा पहिलो लहरबाट ५ सय ४४ जनामा सङ्क्रमण भएको थियो ११ जनाको मृत्यु, दोस्रो लहरबाट १ हजार १ सय ११ जनामा सङ्क्रमण भएको छ भने २५ जनाको मृत्यु भएको छ ।

पहिलो र दोस्रो लहरबाट इनरुवामा कुल १ हजार ६ सय ५५ जनामा कोरोना सङ्क्रमण भएको छ भने ३६ जनाको मृत्यु भएको छ । दुहबी नगरपालिकामा पहिलो लहरमा ४ सय ४४ जनामा सङ्क्रमण भएको थियो भने १३ जनाको मृत्यु भएको थियो ।

यस पटक ३ सय ९९ जनामा सङ्क्रमण पुष्टि भएको छ भने १० जनाको मृत्यु भएको छ । दुहबीमा पहिलो र दोस्रो लहर गरी कुल सङ्क्रमितको सङ्ख्या ८ सय ४३ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ ।

स्वास्थ्य कार्यालय सुनसरीका अनुसार राम धुनी नगरपालिकामा पहिलो लहरमा २ सय ३९ जनामा सङ्क्रमण ७ जनाको मृत्यु र यस पटक अहिले सम्म ४ सय ६० जनामा सङ्क्रमण १० जनाको मृत्यु भएसँगै अहिले सम्म कुल सङ्क्रमितको सङ्ख्या ६ सय ९९ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ ।

सुनसरीका पालिकाहरू मध्ये सबै भन्दा कम अहिले सम्म गढी गाउँपालिकामा पहिलो र दोस्रो लहरमा गरी २ सय ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र ८ जनाको मृत्यु भएको छ ।

सुनसरीका पालिकाहरू मध्ये बर्जू, देवानगन्ज, हरीनगर र कोसी गाउँपालिकामा अहिले सम्म ४-४ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

पछिल्लो समय निषेधाज्ञा खुकुलो भएसँगै सुनसरीको अरू पालिकाको तुलनामा धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेको बताइएको छ ।

Covid-Data-Ashar-23