झापा : झापाका व्यवसायी पशुराम अग्रवालको निधन भएको छ ।

उनको ६२ वर्षको उमेरमा निधन भएको हो । भारतको सिलिगुडीस्थित एक नर्सिङ होममा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

बुधवार राति ९ बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । जेठ ३१ गते उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । केही दिन होम आइसोलेसनमा बसेर उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि असार ४ गते सिलिगुडी लगिएको थियो ।

महाराजा नर्सिङ होममा उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गइरहेको थियो । फेरि तीन दिनअघि पुनः उनको स्वास्थ्य अवस्था जटिल बनेपछि भेन्टिलेटरमा राखिएको थियो । भेन्टिलेटरमा राखेको केही घण्टामै उनको मृत्यु भएको आधिकारिक जानकारी चिकित्सकले परिवारजनलाई गराएका थिए ।