धरान : ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका ८ कास्पु की ४३ बर्षीया पासाङ फुरी शेर्पाको लडेर मृत्यु भएको छ ।

हिजो राती साढे ९ बजे छिमेकीको घरबाट फर्कने क्रममा बाटोबाट अन्दाजी १२ फिट तल झरी घाइते अवस्थामा स्थानीयले फेला पारेका थिए । उनको स्थानीयले बोकेर घर तर्फ ल्याउने क्रममा मृत्यु भएको थियो ।

घटनाको जानकारी पाए लगतै प्रहरी चौकी रावादोलु र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी टोली खटी गई थप अनुसन्धान भइरहेको छ ।