धरान : उदयपुर ताप्ली गाउँपालिका ५ डुढे स्थित सडक खण्डमा बलेरोले किचेर एक जनाको मृत्यु भएको छ ।

कटारीबाट रुपाटार तर्फ जाँदै गरेको प्र २–०१–००–१ च–००५० नम्बरको बोलेर गाडीले किचेर सोही स्थान बस्ने २५ वर्षीय रमेश नेपालीको मृत्यु भएको हो ।

आज बिहानको राती २ बजे सो स्थानमा उकालो चढ्न नसकी चिप्लिन गई ब्याक हुँदा उक्त गाडीमा सवार मानिसहरू ओर्लने क्रममा रमेश नेपालीलाई किचेर गम्भीर घाइते बनाएको थियो ।

घाइतेलाई तत्काल उद्धार गरी कटारी अस्पताल पुर्याउदा मृत्यु भइसकेको अस्पतालले जनाएको छ । गाडी प्रहरी चौकी रुपाटारको नियन्त्रणमा रहेको छ भने चालक सोही स्थानका ३० वर्षीय ईश्वर श्रेष्ठ फरार रहेकाले खोजतलास भइरहेको छ ।