धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा धरान-५ की कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चुडामणि पोखरेलले दिएको जानकारी अनुसार धरान-५ की ५७ वर्षीय महिलाको उपचारको क्रममा आज बिहान ४ बजे मृत्यु भएको हो ।

उनलाई हिजो कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने हिजै कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनी पहिले देखिनै दीर्घ रोगी रहेको प्रतिष्ठानले जनाएको छ ।