धरान : धरानमा ८५ जना सहित प्रदेश एकमा आज ३०७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

सुनसरीमा १२०, झापामा ९३, मोरङमा ८३, धनकुटामा ३, इलाममा २, खोटाङ र सङ्खुवासभामा १-१ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

इटहरीमा २६, इनरुवा, रामधुनी र वराहक्षेत्रमा २-२, दुहबी, गढी र स्थानीय तह नखुलेका १-१, झापाको बिर्तामोडमा २२, दमकमा २१, भद्रपुरमा ११, कनकाईमा ९, मेचीनगरमा ८, अर्जुनधारा र बुद्धशान्तिमा ५-५, गौरादहमा ४, हल्दिबारीमा ३, शिवसताक्षीमा २, कचनकवल, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १-१, मोरङको विराटनगरमा ५५, केराबारीमा ११, पथरीशनिश्चरेमा ६, सुन्दरहरैचामा ५, कटहरीमा २, उर्लाबारी, बुढीगंगा, रतुवामाई र लेटाङमा १-१, धनकुटाको धनकुटा नगरपालिका, महालक्ष्मी र स्थानीय तह नखुलेका १-१, इलामको चुलाचुली र मांसेबुङमा १-१, खोटाङको खोटेहाङ र सङ्खुवासभाको खाँदबारीमा १-१ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ७४ हजार ५५० पुगेको छ । सङ्क्रमित भएका मध्ये ६७ हजार ५६८ जना सङ्क्रमणमुक्त भएका छन्। आज ३०८ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ६४९ रहेको छ ।

प्रदेश १ मा आज ८६७ जनाको पीसीआर परीक्षण गरिएको छ । पीसीआर परीक्षण गरिएका मध्ये १५५ महिला र १५२ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।