धरान : सुनसरी प्रहरीले ठुलो रकम सहित तास खेलिरहेको अवस्थामा ४ जनालाई बिहीबार दिउसो पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको वराहक्षेत्र नगरपालिका–५ कालावन्जरको द फायर एन्ड पुल हाउसका सञ्चालक वराहक्षेत्र –३ बस्ने २४ वर्षीय नारायण कार्की, वराहक्षेत्र– ३ का ३४ वर्षीय शम्भु खड्का,४२ वर्षीय गुरु धमला र वराहक्षेत्र–४ बस्ने २७ वर्षीय गिरिजा धामी रहेको सुनसरीका प्रहरी प्रमुख एसपी सञ्जय सिंह थापाले जानकारी दिए ।

एसपी थापाका अनुसार प्रहरीले छापा मार्दा नगद १ एक लाख ४८ हजार चार सय ९५ रुपैयाँ नगद सहित उनीहरूलाई पक्राउ गरिएको हो ।

ठुलो रकम सहित तास खेल खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नरेन्द्र कार्कीको कमान्डमा खटिएको टोलीले ४ जनालाई पक्राउ गरेको हो ।

उनीहरूलाई मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम जिल्ला प्रशासन कार्यालय सुनसरीबाट ७ दिनको म्याद थप गरी कारबाही प्रक्रिया अगाडी बढाएको प्रहरी प्रमुख एसपी थापाले बताए ।