धरान : गत मंसिरमा धरानमा ब्राउन सुगर सहित पक्राउ परि जेल चलान भएका राजकुमार सिंह दोहरो नागरिकता लिएको प्रमाण फेला परे सँगै अन्य अपराधका क्रियाकलापमा पनि उनको संलग्नता रहेको रहस्य खुल्दै गएको छ ।

सप्तरीका एसपी राजेन्द्र प्रसाद धमलाले दिएको जानकारी अनुसार सुनसरीको धरानमा ब्राउन सुगरसहित पक्राउ परी पूर्वपक्षको लागि सुनसरीको झुम्का कारागारमा चलान भएका राजकुमारको दोहरो नागरिकता लिएको प्रमाण फेला परेको छ ।

नक्कली बुवा बनाएका ठाकुरप्रसाद सिंह पनि भारतीय नागरिक भएको खुलेको छ भने ठाकुरप्रसादको पनि दोहोरो नागरिकता भएको खुलेको छ ।

सुनसरीको धरानमा गत मंसिर १९ गते बा १५ च ९०८८ नंम्बरको स्कारपियोमा ७७ ग्राम ब्राउन सुगर सहित पक्राउ परेका राजकुमारको मुद्दा अहिले उच्च अदालत विराटनगरमा विचाराधिन रहेको छ । अदालतबाट ब्राउन सुगर सहित पक्राउ परेका उनीमाथि दोहरो मुद्दा चल्ने भएको छ ।

राजकुमार सप्तरीको तत्कालीन पकरी गाविस–२ निवासी भनिए पनि उनको नेपाली नागरिकता नै किर्ते रहेको रहस्य बाहिर आए सँगै धरान प्रहरीले लागुऔषध विरुद्धको स्विप अप्रेसन अन्तर्गत राजकुमारलाई पक्राउ गर्न सफल भएको यस अघिका धरानका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिएका छन् ।

सप्तरीको पकरी गाउँविकास समितिबाट बनाएको नागरिकतामा बुवा बनेका ठाकुरप्रासाद भारत बिहारको राज जिरोगा ग्राम पञ्चायत अन्तर्गत भरफोरी ग्राम र थाना आन्द्रामण्ड र जिल्ला मधुवनी निवासी भएको प्रमाण फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।

पछिल्लो समय सुनसरीको इनरुवामा बस्दै आएका राजकुमारले विभिन्न प्रतिबन्धित व्यवसाय गर्देे नेपालमा करोडौंको सम्पति नेपालमा जोडेको समेत खुलेको छ । ब्राउन सुगर र दोहरो नागरिकताको मुद्दा खेप्दै आएका भारतीय नागरिक राजकुमारले नक्कली बुवा बनाएर नेपाली नागरिकता लिएको खुलेको हो ।

राजकुमार बिहारमा हत्या हिंसा र लुटपाटका घटनामा जेल परेका थिए । उनी भारतमा अन्य फौजदारी अपराध पनि गरेरकाले फरार भएर नेपाल आएको सप्तरी प्रहरीले जनाएको छ । सप्तरीबाट जारी भएको उनको नेपाली नागरिकता २÷०७३९३११३ नंम्बरको रहेको छ ।

उनी कांग्रेस नेतृ तारा पौडेलको छोरी रञ्जु पौलेलसँग विवाह गरेर पछिल्लो समय सुनसरीको इनरुवामा बस्दै आएका थिए ।