धरान : सङ्खुवासभाको खादबारी नगरपालिका १ तिलार नयाँ बस्ती का २४ वर्षीय मुकेश तामाङले चिचिला गाउँपालिका २ घर भई हाल सोही स्थान दिदीको घरमा बस्दै आएका २६ वर्षीय पेमा शेर्पालाई खुकुरी प्रहार गरेर हत्या गरेका छन् ।

आज बिहान ९ बजे मृतकको घर देखी अन्दाजी ५०० मिटर दक्षिण खोल्सीमा उनको शब फेला परेको थियो । घटनाको बारेमा प्रहरीलाई जानकारी प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट प्रहरी टोली खटि गई मुकेश तामाङलाई नियन्त्रणमा लिइएको छ ।

पुरानो रिसिइबिको कारण गए राति २ बजे आफ्नो घरमा आएका पेमा शेर्पालाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाई छाडेको भन्ने पक्राउ परेका मुकेशको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।