धरान : नेपाली काँग्रेस धरान उपमहानगरको सभापति उम्मेदवारका प्रत्याशी किशोर राईले सर्दु खोलाको जोखिम रोकथामकालागि करिब २ लाख बराबरको सहयोग गरेका छन् ।

धरान-१६ को नौलो बस्तीमा सर्दु खोलाको कटान रोकथामका लागि ग्याविन तार जाली ३६ थान सहित मजदुर खर्च १० हजाररुपैया सहयोग गरेका छन् । ग्याविन तार जाली र नगद सहित करिब २ लाख रुपैयाँ बराबरको सहयोग गरेका हुन् ।

हरेक वर्ष बर्षायामको बेलामा सर्दु किनारामा बसोबास गर्ने धरानवासीले खोला कटानको जोखिम हुने र बाढी पहिरोबाट प्रभावित हुने भएकोले आफू राजनीति गर्ने सामाजिक अभियन्ता भएकोले पनि आफ्नो जिम्मेवारी सम्झेर सहयोग गरेको बताए ।

यसै गरी राईले धरान-८ को अरुण टोलको बाटोको रेलिङ निर्माणका लागि २० हजार, लकडाउनका कारण समस्यामा परेका मजदुरहरूलाई राहतका लागि २० हजार, खेलाडीहरूलाई आर्थिक सहयोग ५ हजार, १० नम्बर वडाका नेपाली काँग्रेसका क्रियाशील सदस्यहरूलाई नगद ५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

राजनीति गर्ने हरेक व्यक्तिले यसरी समुदायको समस्यालाई बुझेर साथ सहयोग गरियो भने राज्यको मुख ताकिरहनुपर्ने बताउँदै सबै राजनीतिज्ञहरूले जनभावना बुझेर सहयोग गर्न सक्यो भने समाजले राजनीतिज्ञलाई हेर्ने दृष्टिकोण परिवर्तन हुने राईले बताए।

राई धरानमा राजनीतिज्ञको साथै खेलकुद क्षेत्रमा सक्रिय रहेका छन् भने समाज सेवामा पनि उत्तिकै सक्रिय रहँदै आएका छन् । यस पटक नेपाली काँग्रेसको आउँदो साउन १६ गते हुने नगर अधिवेशनमा नगर सभापतिको उम्मेदवार पनि हुन् ।

kishor-rai-distribution-2