विराटनगर : प्रदेश १ मा आज धरानमा ७२ जना सहित ३०५ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

८६५ जनाको पीसीआर परीक्षण गर्दा १२५ महिला र १८० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीको १५६, मोरङमा ५९, झापामा ४४, उदयपुरमा १५, पाँचथरमा १४, धनकुटामा ९, इलाममा ४, सङ्खुवासभामा १ र प्रदेश १ बाहिरका ३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सुनसरीको धरानमा ७२, बराहक्षेत्रमा ५१, इटहरीमा २८, दुहबीमा २, इनरुवा, बर्जू र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा ४०, उर्लाबारी र केराबारीमा ४–४, सुन्दरहरैचा र पथरीशनिश्चरेमा ३–३, कानेपोखरीमा २, कटहरी, रतुवामाई र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा १९, बिर्तामोडमा ९, भद्रपुरमा ६, मेचीनगरमा ४, कमल गाउँपालिकामा २, अर्जुनधारा, कचनकवल, बाह्रदशी र स्थानीय तह नखुलेका १–१ उदयपुरको त्रियुगामा ६, लिम्चुुङबुङ, चौदण्डीगढी, ताप्ली र स्थानीय तह नखुलेका २–२, कटारीमा १, पाँचथरको फिदिममा १३ र फाल्गुनन्दमा १, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिवासमा ३, शहिदभुमिमा १, इलामको इलाम नगरपालिकामा ४, सङ्खुवासभाको भोट खोलामा १ र प्रदेश १ बाहिरका ३ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३८३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
सङ्क्रमणमुक्त हुनेमा २४१ महिला र १४२ पुरुष रहेका छन् । हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६८ हजार ३७८ पुगेको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ७५ हजार २०५ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ४६७ रहेको मन्त्रालयले जनाएको छ ।