चतरा : नेपाली काँग्रेसका प्रभावशाली नेता समेत रहेका केन्द्रीय सदस्य मीन विश्वकर्माले नेपालबाट कम्युनिस्ट विस्थापित गर्ने जिम्मा काँग्रेसको भएकाले १४ औँ महाधिवेशनमा सबै तहमा कार्यक्रमदेखि केन्द्रीय तहमा नेताहरूले हार्दिकताका साथ प्रतिस्पर्धा गर्नु पर्नेमा जोड दिएका छन्।

वराहक्षेत्र नगरपालिका १ स्थित चतरामा आयोजना भएको कार्यकर्ता भेलामा बोल्दै विश्वकर्माले नेपालबाट कम्युनिस्टलाई विस्थापित गराउने जिम्मा काँग्रेस र काँग्रेसलाई जिताउने जिम्मेवारी काँग्रेसका तल्लो तहका आम क्रियाशील सदस्यहरूको प्रमुख भूमिका रहने जिकिर गरेका हुन्।

कोरोना भाइरस, बाढी पहिरो र केपी ओलीले निम्ताएको असंवैधानिक कदमबाट उत्पन्न परिस्थितिका कारण महाधिवेशन हुने कुरामा केही समस्या रहेता पनि अधिवेशन हुने कुरामा कुनै शङ्का नरहेको विश्वकर्माको दाबी छ । उनले भन्ने हार्दिकका साथ प्रतिस्पर्धा गरौँ, तिक्तताले हैन भन्ने मूल नारा लिएर महाधिवेशन गर्नु पर्छ। ६० प्रतिशत स्थान र पदमा सर्वसम्मत नेतृत्व चयन गर्ने सके कार्यकर्तामा थप उत्साह आउने तथा आगामी आम निर्वाचनमा काँग्रेस विजय सहज हुने उनले बताए । उनले अधिवेशनमा राम्रा मान्छेहरूलाई अगाडि बढ्न समेत उनले आग्रह गरेका थिए ।

शनिवार बोलबम धर्मशालामा आयोजना भएको कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा प्रदेश नं १ का निवर्तमान प्रदेश प्रमुख गोविन्द सुब्बा लगाएले पनि १४ औ महाधिवेशनमा काँग्रेसले एकताको अधिवेशनको रूपमा उत्साहको रूपमा सम्पन्न गर्न सबै तहका कार्यकर्ता लाग्न आव्हान गरेका थिए।

सोही कार्यक्रममा वडा नं १ का क्रियाशील सदस्य मनोज तामाङ तरुण विभाग अन्तर्गतको युवा उद्यमशीलता विकास तथा प्रशिक्षण समिति सदस्य, शिक्षा विज्ञमा पवित्रा राई त्यस्तै तरुण दल सुनसरी जिल्ला सदस्य अजित राई र प्रकाश राई, बिपी अध्ययन यूथ सर्कल सुनसरी सहसचिव प्रेङ्गा राई लगायत ५ जनालाई स्वागत सम्मान समेत गरिएको थियो।

केन्द्रीय समितिले सार्वजनिक गरेको १४ औँ महाधिवेशनलाई सफल पार्न लोकबहादुर दाहालको संयोजकत्वमा व्यवस्थापन समिति र दिनेश घिमिरेको संयोजकत्वमा आर्थिक समिति समेत गठन गरिएको वडा नं १ सभापति ईश्वर थापाले बताए ।

वडा नं २ कार्य समितिले पनि वडा अधिवेशनलाई सफलता पूर्वक सम्पन्न गर्ने व्यवस्थापन समिति गठन गरेको छ। शनिवार सम्पन वडा समितिको बैठकमा नगर सभापति नारायण नेपाल, जिल्ला सदस्य दिपेशजंग बस्नेत, महाधिवेशन प्रतिनिधि हमरबहादुर परियार लगाएको उपस्थितिमा युवराज भट्टराईको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको वडा नं २ सभापति प्रदीप बस्नेतले बताए।