धरान : सुनसरी जिल्लाको ११ पालिकामा आज र भोलि कोरोना विरुद्धको दोस्रो मात्राको भेरोसेल खोप लगाईदैछ ।

स्वास्थ्य कार्यालय सुनसरीले दिएको जानकारी अनुसार धरान उपमहानगरपालिका बाहेक ११ पालिकाले असार २७ र २८ गते ६० वर्ष देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिक र दोस्रो मात्रा लगाउन छुट भएका फ्रन्टलाईनरहरु गरी करिब ७ हजार जनालाई लगाईदैछ ।

असार १,२ र ३ गते भेरोसेलको पहिलो मात्रा लगाएकाहरूलाई यो दोस्रो मात्रा लगाइएको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँले बताए । सम्बन्धीत पालिकाहरुले आफै खोप केन्द्र निर्धारण गरी खोप लगाउदैछन् ।

धरान उपमहानगरपालिकामा केही दिन पछि दोस्रो मात्राको खोप कार्यक्रम सञ्चालन हुने धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।

धरानमा पहिलो मात्राको खोप कार्यक्रम पनि अलि पछि मात्रै सञ्चालन गरेकोले दोस्रो मात्राको खोप पनि अलि पछि मात्रै लगाइनेछ ।

Khop-Suchana