धरान : ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ का लाक्पा शेर्पाको १३ वर्षीय छोरा सबिन शेर्पाको करेन्ट लागेर मृत्यु भएको छ ।

शनिवार बिहान घर नजिकै खेतमा झरेको बिजुलीको तारमा छुँदा करेन्ट लागेर बालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

घटनास्थलमा प्रहरी टोली खटी गई थप अनुसन्धान कार्य भइरहेको छ ।