धरान : सुनसरीको इटहरी–१ का २४ वर्षीय रबिन चौधरीको हत्यामा संलग्न भई फरार रहेका इटहरी–२ का ३१ वर्षीय उमेश श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पछि उनलाई जेल चलन गरिएको छ । २०६५ साल पौष १ गते रबिन चौधरीको इटहरी–५ स्थित सङ्गम चोकमा धारिलो हतियार प्रहारबाट मृत्यु भएको थियो ।

घटनाको अनुसन्धान तथा घटना घटाएर फरार रहेका प्रतिबादीहरुको खोजतलासलाई अभियानकै रूपमा तीव्रता दिएसंगै रबिनको हत्यामा संलग्न भई फरार रहेका उमेशलाई हिजो १ नम्बर प्रदेश प्रहरी कार्यालय(प्रादेशिक अनुसन्धान आरआईटी ) समूहबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई सुनसरी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई २० वर्ष कैद भुक्तानका लागी क्षेत्रीय कारागार झुम्का पठाइएको छ ।